कैलाशमा सामूदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० बेतिनीमा सामूदायिक स्वास्थ्य क्लिनिक भवन उद्घाटन गरिएको छ । मंगलबार गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

ADVERTISEMENT

उद्घाटन गर्दै अध्यक्ष मुक्तानले स्वास्थ्य र सरसफाईको क्षेत्रमा गाउँपालिकाले साझेदारी संस्थाहरुसँगको सहकार्यमा काम गर्दै आइरहेको र आगामी दिनमा पनि सहकार्य रहने प्रतिवद्धता व्यक्त गरेका छन् । हामीले शिक्षा, स्वास्थ्य, खानेपानीका क्षेत्रमा १२ भन्दा बढी संस्थासँग साझेदारी कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको अध्यक्ष मुक्तानले बताए । आम नागरिकलाई स्वास्थ्यबाट बन्चित नहोस भन्ने हेतुले सेवा प्रदान गर्दै आइरहेको क्लिनिकले आगामी दिनहरुमा पनि थप सुविधाका साथ सेवा प्रदान गर्ने विश्वास लिएको उनले बताए ।

होम डेलीभरीको अन्त्यका लागि १० नम्बर वडा र ६ नम्बर वडामा प्रसुती सेवा चालु आवमा सञ्चालनमा ल्याउने तयारी गाउँपालिकाको रहेको उनले बताए । स्वास्थ्य क्षेत्र सेवामा सक्रिय रहेको प्रेम सेवा समाजले सञ्चालनमा ल्याएको स्वास्थ्य क्लिनिक १९ लाख ९६ हजार ९२४ रुपैयाँ लागतमा भवन निर्माण गरिएको समाजका अध्यक्ष मीरा स्याङ्तानले बताईन् । भवन निर्माणका लागि कैलाश गाउँपालिकाले १० लाख, बागमती प्रदेश भौतिक पुर्वाधार विकास मन्त्रालयको ५ लाख, प्रेम सेवा समाजको ४ लाख ९६ हजार ९२४ रुपैयाँ लागतमा तीन कोठे भवन निर्माण भएको उनले बताईन ।

समाजका अध्यक्ष मीरा स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा १० नम्बर वडाध्यक्ष सुर्यबहादुर ब्लोन, कार्यपालिका सदस्य एंव समाजका कोषाध्यक्ष सुन्तली सुनुवार, ईएलसीएका प्रमुख दाता डा. चन्द्रन, शान्ति नेपालका अध्यक्ष विद्या मालाकार, शान्ति नेपालका सल्लाहकार डा. कृष्णमान शाक्य, कार्यकारी निर्देशक फूलमान शर्मा, समाजका संस्थापक अध्यक्ष वीरबहादुर सिंतान, स्वास्थ्य चौकी नामटारका प्रमुख रन्जेश कुमार पटेल, आधारभूत स्वास्थ्य केन्द्र भाल्टारका प्रमुख सन्तोष साह, पाष्टर लालबहादुर वाईवा, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा भवन निर्माण गर्न सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष, शान्ति नेपालका अध्यक्ष, प्रमुख दाता डा. चन्द्रन, एक कठ्ठा जग्गा दान गर्ने जग्गादाता नेपाल इसाई मण्डली स्मुर्ना मण्डलीलाई दोसल्ला सहित सम्मान गरिएको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *