नेपाल समाजशास्त्रको चौथो अन्तर्राष्ट्रिय सम्मेलन हेटौँडामा हुँदै

हेटौँडा, नेपाल समाजशास्त्र संघको आयोजनामा हेटौँडामा तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। सम्मेलन पुस ३ गतेदेखि ५ गतेसम्म ‘समावेशी र उत्थानशील नेपाल निर्माणस् समाजशास्त्रीय बहस’ भन्ने विषयमा सञ्चालन हुनेछ। बुधबार आयोजकले हेटौँडामा पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइएको हो।

ADVERTISEMENT

संघका महासचिव प्रोफेसर डा. पासाङ शेर्पाले चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा ७० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जानकारी दिएका छन्। सम्मेलनमा भारत, नेपाल, बङ्गलादेश, श्रीलङ्का, जापानलगायत देशका करिब २०० जनाको सहभागिता रहने छ। संघले एक वर्ष राष्ट्रिय र अर्को वर्ष अन्तर्राष्ट्रिय कार्यक्रम गर्दै आएको जनाएको छ। यसैअनुरूप यस वर्ष मकवानपुर बहुमुखी क्याम्पससँग समन्वय गरी हेटौँडामा चौथो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको महासचिव शेर्पाले बताए।

सम्मेलन हेटौँडाका निजी तथा सामुदायिक क्याम्पस, स्थानीय तहलगायतको आर्थिक सहयोगमा सञ्चालन हुनेछ। सम्मेलनमा स्थानीय तहमा संघीयताको अभ्यास, सिकाइ र चुनौतीजस्ता विषयमा पनि छलफल हुने आयोजकले जानकारी दिएका छन्। कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका प्रा.डा. दीपक अर्यालले गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *