आश्रमलाई वासिङ्ग मेसिन र प्रिन्टर हस्तान्तरण

हेटौँडा, हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको तर्फबाट चौकिटोलमा रहेको ॐ वृद्वाश्रमलाई करिब एक लाख वरावरको वासिङ्ग मेसिन तथा प्रिन्टर हस्तान्तरण गरिएको छ ।

ADVERTISEMENT

आज एक कार्यक्रममा वडा अध्यक्ष नवीन सिग्देल, कार्यापालिका सदस्य ईश्वरी रसाईली, वडा सदस्य जनरल श्रेष्ठ, गीता त्रिपाठी, वडा कार्यालय सचिव टीका कँडेलसहितको उपस्थितिमा आश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठसहितको आश्रम परिवारलाई हस्तान्तरण गरिएको थियो ।

हस्तान्तरणको क्रममा वडा अध्यक्ष नवीन सिग्देलले आश्रय लिईरहनु भएका बेसाहारा आमाबुवाहरूको सहजताको लागि वडा कार्यालयको तर्फबाट उपकरण हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए । उनले भौतिक विकाससँगै सामाजिक विकासमा ४ नं। वडा कार्यालयले ध्यान दिइरहेको बताउँदै सबैको सहयोग आवश्यक रहेको बताए । आश्रमका अध्यक्ष सिद्विलाल श्रेष्ठले वडा कार्यालयको तर्फबाट भएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *