मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि स्वतन्त्र राजनीतिक शक्तिले पनि उम्मेदवारी दिएको छ । मकवानपुर क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार धिरज विक्रम न्यौपानेसँग गरेको कुराकानी अंशः
व्यवसायिक क्षेत्रबाट राजनीतिक क्षेत्रमा होमिनुको कारण किन ?
धेरै वर्षदेखि मैले व्यवसायिक गर्दै आईरहेको छु । देशको विकासका निम्ति कुनै न कुनै पार्टीले विकास गर्नुहुन्छ भन्ने आशा लागेको थियो, तर त्यो कुनै पनि पार्टीले गर्न सक्नु भएन । झन् दिनप्रतिदिन देशको अवस्था नाजुक बन्दै गयो । स्वतन्त्र व्यक्ति राजनीतिकमा लागेर निष्ठावान, निःस्वार्थ भावनाले राष्ट्रभक्ति भई देशको मुहार फेर्नका निम्ति मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य पदको लागि मकवानपुर क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिएको हुँ । मैले व्यवसाय मात्र गरेर नभई देश र जनताको निम्ति समर्पित हुनका निम्ति राजनीतिक क्षेत्रमा होमिएको हुँ ।
तपाईको उम्मेदवार किन ?
‘हामी बदलिन होइन बदल्न आएका हौँ, तपाई भोट बदल्नुहोस्, हामी देश बदल्छौँ’ भन्ने मूल नाराका साथ स्वतन्त्र राजनीतिक शक्ति चुनावी मैदानमा होमिएका छौँ । हाम्रो मुख्य एजेण्डा भनेकै शिक्षा, स्वास्थ्य, रोजगारी, सडक निर्माण, भ्रष्टचार मुक्त अभियान रहेको छ ।
नेपाली जनताले कक्षा १ देखि स्नात्तोकतरसम्म निःशुल्क शिक्षा, निःशुल्क स्वास्थ्य उपचार पाउनुपर्दछ । अहिले पनि गरिवीका कारणले नेपाली जनताहरु शिक्षाबाट वञ्चित हुनुपरेको छ । साथै पैसाका कारणले गर्दा स्वास्थ्य उपचार गर्न नपाउँदा अकालमै मृत्यु हुनुपरेको छ । देशमा कलकारखाना उत्पादन गरी स्वदेशमै उद्योग सञ्चालन गरी रोजगार प्रदान गर्नुका साथै विदेश पलाएन भएका युवाहरुलाई स्वदेशमै रोजगारी दिन सकेँ देशको अर्थतन्त्र पनि मजबुत हुन्छ । देशमा रहेका ठूला पार्टीहरु गठबन्धन गरी फोहोरी राजनीति खेलिरहेका छन् । स्थानीय तहमा विजयी भएका स्वतन्त्र पार्टीले देश निर्माणको लागि अहम भूमिका निर्वाह गरिरहेको उदाहरण हामीले धरान र काठमाडौंको मेयरलाई लिन सक्छौँ । देशको मूहार नै स्वतन्त्र पार्टीले फेर्ने भएकोले गर्दा आफू रहरले नभई बाध्यताले गर्दा उम्मेदवारी दिईएको हुँ ।
चुनाव जित्नका लागि ठूला पार्टीले गठबन्धन गरिरहेको अवस्थामा स्वतन्त्र पार्टीले चुनाव जित्छ त ?
गठबन्धन गर्नु भनेकै चुनावमा हार्छु भनेर डराएका हुन् । गठबन्धन पार्टीले गरेका कामहरु जनताले महशुस गरिसकेका छन् । अहिले जनता सचेत भइसकेका छन् ।
पार्टीमा राम्रा व्यक्ति पनि छन् । तर गठबन्धनले गर्दा राम्रा व्यक्ति पछाडि हट्नु परेका छन् । नेपाली जनता गठबन्धन पार्टीबाट दिक्क भइसकेका छन् । समृद्धि देश निर्माण गर्नका निम्ति नेपाली जनता सचेत भइसकेका छन् । अब नेपालको मुहार फेर्नका निम्ति नेपाली जनताले स्वतन्त्र पार्टीलाई मत दिई बिजयी गराउनुहुन्छ भन्ने पूर्ण विश्वास छ ।
चुनावी अभियान अन्तर्गत के कस्ता कार्यक्रम गरिरहनु भएको छ ?
अहिले हामीले घरदैलो कार्यक्रमलाई मात्र निरन्तरता दिईरहेका छौँ । जनताको गुनासो, पीर मर्का सुनिरहेका छौँ । नेपाली जनतालाई स्वतन्त्र राजनीतिक शक्ति पार्टी कस्तो पार्टी हो भनेर नेपाली जनतालाई बुझाइरहेका छौँ ।
अन्त्यमा के भन्न चाहानुहुन्छ ?
शुभदीपावली, नेपाल सम्वत्, छठ पर्वको पावन अवसरमा समस्त मकवानपुरबासीमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहान्छु । देशको मुहार फेर्नका निम्ति स्वतन्त्र पार्टीले जित्नु अपरिहार्य छ । त्यसैले यो पटक आमा चुनाव चिन्हमा मतदान गरिदिनुहुन सम्पूर्ण मकवानपुरबासीमा अपिल गर्न चाहान्छु ।