भदौ ४ गते सिस्नुपानी मकवानपुरको गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रम

हेटौँडा, सिस्नुपानी नेपाल मकवानपुरले यस वर्ष पनि गाईजात्रा विशेष हास्यव्यङ्ग्य कार्यक्रम गर्ने भएको छ। हरेक वर्ष निरन्तर हुँदै आएको कार्यक्रम यस वर्ष भदौ ४ गते ओम्याक्स सिनेमा हलमा आयोजना हुने भएको हो।

ADVERTISEMENT

संस्थाका अध्यक्ष संप्रस पौडेलका अनुसार समाजमा देखिएका बेथिति र विसङ्गतिविरुद्ध साहित्यिक सिर्जनालाई माध्यम बनाउँदै हास्यव्यङ्ग्य प्रस्तुत गरिँदै आएको छ। सोहीअनुसार करिब एक दर्जनभन्दा बढी कलाकारले विभिन्न हास्यव्यङ्ग्यात्मक प्रस्तुति दिनेछन्।

कार्यक्रममा प्यारोडी गायन, व्यङ्ग्य प्रहसन, नाचलगायत विविध प्रस्तुति रहने सचिव सुमार्गी हुमागाईंले जानकारी दिनुभयो। यस्तै, प्रवर्द्धक हेटौँडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले हास्यव्यङ्ग्य सिर्जनाले समाजका कमजोरी सुधार्न प्रेरणा दिने र जनताको आवाजलाई रमाइलो शैलीमा प्रस्तुत गर्ने भएकाले यसपटकको कार्यक्रमले अझ बढी चर्चा पाउने अपेक्षा व्यक्त गर्नुभयो। वडाध्यक्ष सिग्देलले साहित्यिक गतिविधिमा लगानी गर्नु हेटौँडासहित देशकै साहित्यिक उन्नयनका लागि योगदान हुने उल्लेख गर्दै, साहित्य सिर्जनालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले साहित्य सिर्जना सबैले गर्न नसक्ने भएकाले सिर्जनशीललाई हौसला दिन अन्य वडाहरूले पनि हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो।

यसअघि सिस्नुपानी नेपाल मकवानपुरले राष्ट्रव्यापी कविता प्रतियोगिता, हास्यव्यङ्ग्यात्मक गाईजात्रा, देउसीभैलो, कार्टुन प्रदर्शनी, हास्यव्यङ्ग्यकार सम्मान तथा रचना वाचनलगायतका कार्यक्रम आयोजना गर्दै आएको छ। सिस्नुपानी नेपाल मकवानपुर, सिस्नुपानी नेपालको पहिलो जिल्ला शाखा हो।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *