हेटौंडा, २७ भदौँ/साल्ट ट्रेडिङ कर्पोरेसन हेटौंडामा २० वर्षदेखि अनवरत रुपमा कार्यरत दुईजना सोमबार सम्मानित भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ६० औँ वार्षिक जन्मोत्सव अवसरमा कार्यालयमा कार्यरत मधुसुदन अधिकारी र शिबसंकर दास श्रेष्ठलाई कार्यालयका प्रमुख मोहनप्रसाद बरालले कदरपत्रले सम्मान गरेका हुन् ।
साल्ट ट्रेडिङ कर्पोरेसन हेटौंडा शाखामा मधुसुदन अधिकारी लेखापालमा र शिवशंकर शाह श्रेष्ठ स्टोर किपरमा कार्यरत रहेका छन् ।