१० लाखभन्दा माथिका सबै योजना टेन्डरमार्फत अघि बढाइने : मुख्यमन्त्री बानियाँ

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उपभोक्ता समितिमार्फत हुने काममा विकृति बढेको भन्दै अब प्रदेशका १० लाख रुपैयाँभन्दा माथिका सबै योजना टेन्डर प्रक्रियाबाट अघि बढाइने बताएका छन् ।
सोमबार निर्माण व्यवसायी सङ्घ मकवानपुरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले संसदबाट निर्णय पारित भइसकेकाले मन्त्रालयहरूलाई टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको जानकारी दिए ।

ADVERTISEMENT

मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीहरू अत्यधिक कम मूल्य (लो बिडिङ) राख्नुपर्ने बाध्यताले आर्थिक सङ्कटमा परेको भन्दै सार्वजनिक खरिद ऐन संशोधन अपरिहार्य भएको बताए । ‘६०/७० प्रतिशतसम्म घटाएर ठेक्का हाल्नुपर्ने बाध्यता व्यवसायीलाई कङ्गाल बनाउने अवस्थासम्म पुगेको छ । यसलाई रोक्न ‘एभरेज बिडिङ’ प्रणाली ल्याउनेतर्फ सरकार अग्रसर छ,’ उनले स्पष्ट पारे ।

उनले आफ्नो स्वामित्वमा रहेको बानियाँ निर्माण सेवा परिवारका सदस्यको नाममा नामसारी गरिसकेको उल्लेख गर्दै स्वार्थको द्वन्द्व अन्त्य गर्ने प्रयासमा लागेको बताए । ‘भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने मेरो अभियानमा सबैको साथ चाहिन्छ,’ मुख्यमन्त्री बानियाँले भने ।

वार्षिक तीन अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीबाट पूर्ण रूपमा अलग भइसकेको उल्लेख गर्दै उनले अब आम नागरिकको समस्या समाधानमा मात्र केन्द्रित हुने बताए । उनले निर्माण व्यवसायीहरूलाई गुणस्तरमा सम्झौता नगरी पारदर्शी काम गर्न आग्रह गर्दै चेतावनी दिए– ‘ठेक्कामा हिजो ८ वटा रड हाल्ने ठाउँमा ६ वटा हाल्ने दिन सकियो । अब प्रविधिले सबै कुरा देखाउँछ । इस्टिमेटअनुसार काम नगर्ने कर्मचारी वा व्यवसायी दुवै कारबाहीको दायरामा आउनेछन् । व्यवसायीलाई ढिलाइ गरिँदैन, तर काम गुणस्तरीय र पारदर्शी हुनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya