शिक्षक संघको अधिवेशन भोलि, अध्यक्षमा हुमागाई र गौतमको दावी

हेटौंडा, नेपाल शिक्षक संघ मकवानपुरको नवौँ जिल्ला अधिवेशन आज शुक्रबार हेटौंडामा हुँदैछ । अधिवेशनको तयारी पूरा भएको नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष रामकुमार अधिकारीले जानकारी दिए । हेटौंडा ५ स्थित जय गणेश पार्टी प्यालेसमा हुने अधिवेशन बिहान ११ बजे सुरु हुने बताइएको छ ।

ADVERTISEMENT

नेपाली कांग्रेसका बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेशनले चार बर्षीय कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । अधिवेशनमा सहभागिताका लागि जिल्लाका शिक्षक संघमा आवद्ध शिक्षकहरूलाई अनुरोध समेत गरेको छ । शिक्षक संघ मकवानपुरमा एकहजार ५ सयभन्दा बढी शिक्षक आवद्ध रहेको बताइएको छ ।

यसैबीच शिक्षक संघको नेतृत्वका लागि गणेशप्रसाद हुमागाईं र राजु गौतमको दावी रहेको छ । उपाध्यक्षमा ज्ञानेन्द्र बर्तौला र चन्द्र देवकोटा, महिला उपाध्यक्षमा उमा कोइराला, गान्धिरा चौलागाईं र ईन्दिरा लुईंटेल, सचिवमा श्रीराम लुईंटेल, केशव देवकोटा र ईन्द्र भोम्जन लगायतको दावी रहेको छ । अधिवेशनले १० पदाधिकारी, ५ संघीय प्रतिनिधि, ६ प्रदेश प्रतिनिधि र ७ जना खुला सदस्य निर्वाचित गर्नेछ । १० स्थानीय तहका अध्यक्ष पदेन सदस्य रहेको व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *