मोबाइल चार्जरभित्र लागुऔषध, दुई महिला पक्राउ

हेटौँडा, मकवानपुर प्रहरीले मोबाइलको चार्जरभित्र लुकाएर ल्याइएको शंकास्पद लागुऔषध र खैरो हेरोइनसहित दुई जना महिलालाई हेटौंडाबाट नियन्त्रणमा लिएको छ।

ADVERTISEMENT

प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले शनिबार राति करिब साढे ८ बजे हेटौँडा उपमहानगरपालिका-१५, रातोमाटेस्थित चेकपोइन्टमा सवारी साधन जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको प्रदेश ३-०३-००१ ह १०३ नम्बरको अटोमा सवार उनीहरुको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले खानतलासी लिएको थियो।

पक्राउ पर्नेमा बाराको जितपुर सिमारा उपमहानगरपालिका-२२ की २९ वर्षीया सम्झना थिङ र सिन्धुलीको दुधौली नगरपालिका-९ की २३ वर्षीया सोनिका क्षेत्री रहेका छन्। उनीहरु दुवैजना हाल हेटौँडा-१०, बसपार्क क्षेत्रमा बस्दै आएको खुलेको छ। प्रहरीका अनुसार, उनीहरुको साथबाट ३ ग्राम १५० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद भएको छ। साथै, मोबाइल चार्जरभित्र चलाखीपूर्वक लुकाइएको अवस्थामा हाल नाम नखुलेको सेतो गिलो देखिने लागुऔषध जस्तो पदार्थ २२ ग्राम २० मिलिग्राम फेला परेको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट लागुऔषध ओसारपसार कसुरमा म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *