हेटौँडा, नेकपा एमालेका प्रमुख सचेतक तथा मकवानपुर क्षेत्र नं–२ का सांसद महेश कुमार बर्तौलाले भीमफेदी गाउँपालिका–१ स्थित त्रिभुवन राजमार्गको हेटौँडा–भैसे सडक खण्डअन्तर्गत पर्ने बाघझोरा खहरेको समस्या समाधानका लागि सरकारसँग माग गरेका छन् ।

बारम्बार खहरे बाढीका कारण सडक अवरुद्ध भई यात्रुहरू घण्टौँसम्म अलपत्र पर्नु पर्ने समस्या देखिएको भन्दै सांसद बर्तौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशव कुमार शर्माको ध्यानाकर्षण गराएका हुन् । उक्त समस्याको दीर्घकालीन समाधानका लागि ओभरब्रिज वा अण्डरपास निर्माण गर्नुपर्ने उनले आग्रह गरेका छन् । ‘यो केवल मकवानपुरबासीको मात्र नभई त्रिभुवन राजमार्ग प्रयोग गर्ने सम्पूर्ण यात्रुहरूको साझा समस्या हो । सामान्य वर्षा हुँदा समेत सडक बन्द हुने अवस्था आउँछ । त्यसैले स्थायी रूपमा समाधान गर्नुपर्छ,’ सांसद बर्तौलाले भने ।
उनको आग्रहपछि मन्त्री दाहालले बाघझोरा खहरेको समस्या उच्च प्राथमिकतामा रहेको बताउँदै तत्काल अध्ययन प्रक्रिया अगाडि बढाउन सचिवलाई निर्देशन दिएका छन् ।
केही दिनअघि मात्रै खहरेको भेल बाढीका कारण सयौँ सवारी साधन रोकिनुका साथै हजारौँ यात्रु सडकमै अलपत्र परेका थिए ।
ADVERTISEMENT