हेटौंडा, पालुङ जेसीजको आयोजनामा थाहा दोस्रो नगर स्तरीय जेसीज कप डबल मेन्स ब्याडमिन्टन कप प्रतियोगिता हुने भएको छ।
भाद्र २७ गते देखि २८ गतेसम्म थाहा ४ क्याम्पा डाडामा रहेको ब्याडमिन्टन कभर्डहलमा प्रतियोगिता आयोजना गर्न लागेको पालुङ जेसीजका अध्यक्ष माधव कार्कीले जानकारी दिए।
प्रतियोगिताको प्रथम पुरस्कार जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले आफ्नो स्वर्गीय हजुरबुबा रणबहादुर रायमाझीको नाममा प्रायोजन गर्ने छ।
खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक र क्रियाशील राखी समाजको समृद्धि र बिकासमा सहयोग पुराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पालुङ जेसीज बर्ष २०२५ का महासचिव सुविन्द्रमान प्रधानले बताए।
प्रतियोगितामा आफ्नो टिमको नाम दर्ता गर्न आयोजकले आह्वान गरेको जनाएको छ।
प्रतियोगितामा प्रथम,दोस्रो हुनेले क्रमशः नगद १० हजार र ६ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने बिधागततर्फ उत्कृष्ट हुने खेलाडिहरुलाई पनि नगद दुई हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
नकआउट माध्यममा खेलाइने खेलको लागि भदौ २४ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ताको लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ।






