हेटौंडा, बाराको सिमरामा जारी जीतपुर सिमरा गोल्डकपको फाइनल प्रवेशको लागि मकवानपुर ११ ले हिमालयन शेर्पासँग बुधबार प्रतिस्पर्धा गर्दैछ । क्वाटरफाइनल खेलमा मकवानपुर ११ ले भरतपुरलाई ट्राइबेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलको स्थान सुरक्षित गरेको थियो ।
यस्तै हिमालयन शेर्पा क्लवले चालु सिजनको ‘ए’ डिभिजन लिगको शिर्ष स्थानमा रहेको सातदोबाटोलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । प्रतियोगितामा मकवानपुर ११ सहित गत वर्षको विजेता एनआरटी, एपिएफ, हिमालयन शेर्पा क्लब, ब्याइज युनाइटेड, सातदोबाटो युथ क्लव, केबिए ग्लोबल, बिएएफसी चितवन, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक क्लवब समेत गरी १० वटा टिमको सहभागीता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद १० लाख रुपैयाँ, द्वितीय हुनेले नगद ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताो सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल÷स्कुटी प्राप्त गर्ने छन् ।







