हेटौँडा, विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाको आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आज दोश्रो दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

शिवम् सिमेन्ट, हेटौँडा मोबाइल हाउस र यूटु फेन्सी हाउसको सहकार्यमा हेटौँडा उमहानगरपालिका वडा नम्वर ४ स्थित हुप्राचौरमा पत्रकार महिला र अधिकारकर्मी महिलाकाबीचमा मैत्रीपूर्ण फुटबल सम्पन्न भएको हो ।
खेलको अधिकारकर्मीको तर्फबाट सामाजिक संस्था जिल्ला समन्वय समिति मकवानपुरकी अध्यक्ष रमिला सापकोटाले नेतृत्व गरेकी थिइन् भने पत्रकार महिलाको तर्फबाट सरिता दाहालले नेतृत्व गरेकी थिइन् । महिला अधिकारकर्मीले चार गोल प्रहार गर्दा पत्रकार महिलाहरुले २ गोल प्रहार गरे । खेलमा रेफ्रीको भूमिकामा रोशन चौलागाईले निभाएका थिए भने पत्रकार सुवास बिडारीले समन्वय गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि समाजसेवी सिद्धीलाल श्रेष्ठले बिजयी अधिकारकर्मीको समूहलाई नगद ५ हजार रुपैयाँ प्रदान गर्दै खेलले शारीरिकसहित मानसिक स्वास्थ्यमा फाइदा पुग्ने हुदा यस्ता खेलको आवश्कयता रहेकोमा जोड दिए ।
राजन अनुरागले सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष बालकृष्ण अधिकारी, उपाध्यक्ष भावना रिजाल लगायतले मन्तव्य राखेको भने कार्यक्रमका बारेमा रेडियो थाहासंचारका स्टेशन म्यानेजर गोकुल अधिकारीले बताए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हिजो हेटौँडा–१ मा रहेको नेपाल फलफूल तथा तरकारी बजारमा सरसरफाई कार्यक्रमको आयोजना गरिएको थियो भने अब भोलि तेश्रो दिन थाहा दर्शन कार्यक्रम रहेको फागुन ४ गते स्वास्थ्य तथा शैक्षिक सामग्री, श्रोता मिलान कार्यक्रम, हेटौँडा ऐकेडेमीको सहकार्यमा बाल साहित्य कार्यक्रम र फागुन ७ गते थाहा वर्ष सम्मान तथा समापन समारोह कार्यक्रम स्टेशन म्यानेजर अधिकारीले जानकारी दिए ।






