हेटौंडा स्थानीय आयुक्तमा आचार्य मनोनित

हेटौंडा, नेपाल स्काउट हेटौडा उपमहानगरपालिकाको स्थानीय आयुक्तमा अनिल आचार्य मनोनित भएका छन् ।

नेपाल स्कााउट बागमती प्रदेशका प्रमुख आयुक्त शिब कुमार त्वायनाले आचार्यलाई ११ फागुनमा हेटौंडाको स्काउट आयुक्त मनोनित गरेका हुन् । गत २२ माघमा सर्वसम्मत स्थानीय स्काउट परिषद निर्वााचित भए पनि स्थानीय आयुक्त मनोनित हुन सकेको थिएन ।

स्काउटको नियमावलीमा स्थानीय स्काउट संरक्षक एवम् पालिका प्रमुखले स्थानीय स्काउट परिषद सदस्यहरुमध्ये एक जनालाई स्थानीय आयुक्त मनोनित गर्ने व्यवस्था छ ।

स्थानीय पालिकाबाट मनोनित हुन नसकेमा प्रदेश स्काउट कार्यालयले मनोनित गर्ने व्यवस्थाबमोजिम स्थानीय परिषद बैठकको सिफारिस अनुसार आचार्यलाई स्थानीय आयुक्त मनोनित गरिएको प्रदेश प्रमुख आयुक्त त्वायनाले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button