सी छनौट खेल्ने विजय यूथ खेलाडीको विदाई

हेटौंडा,सी डिभिजन लिग छनौट प्रतियोगितामा सहभागिता जनाएको मकवानपुरको विजय यूथ क्लवका खेलाडीहरुलाई विदाई गरिएको छ । शनिबार एक कार्यक्रमकाबीच सफलताको शुभकामना सहित खेलाडीहरुको विदाई गरिएको हो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरे, २ नम्बर वडा सदस्य सुरज बर्तौला लगायतले फुटबल टोलीको विदाई गरेका हुन् ।

ADVERTISEMENT

क्लवको प्रशिक्षकको जिम्मेवारीमा विजयलाल श्रेष्ठ र डेविन श्रेष्ठ रहेका छन् भने खेलाडीमा गोपी बर्तौला, पाल्देन तामाङ, अनिल थापा मगर, सुनिल घलान डने, सुरज बिष्ट, राजश्री प्रजापति, मनिष मोक्तान, सुजन खड्गी, सुजन गुरुङ, विश्व लामा, मनोज लामा, अभिषेक लामा, विजय दोङ, आयुर घलान, राजन गोले, रोजन थिङ, सुनिल लामा, गगन शिलवाल, नवल तामाङ लगायत रहेका छन् । उपमेयर राजेश बानियाँले व्यक्तिगत १० हजार रुपैयाँ सहयोग गर्दै उपमहानगरपालिकाबाट पनि सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

‘सी डिभिजन खेल्ने गरी छनौट प्रतियोगिता जितेर आउनुहोला । खेलकुद सहित नगरको सर्वाङ्गीण विकासमा लगानी र सहयोग गर्न उपमहानगरपालिका तयार छ’, बानियाँले भने । छनौट प्रतियोगितामा सहभागिताका लागि विजय यूथले मकवानपुर र छिमेकी जिल्लाबाट समेत केही राम्रा खेलाडी छनौट गरी दैनिक प्रशिक्षण गरेको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यही बर्ष हुने सहीद स्मारक सी डिभिजन लिगका लागि छनौट प्रतियोगिता सञ्चालन गरिरहेको छ । विजय यूथले अघिल्लो २ बर्ष पनि छनौट प्रतियोगितामा सहभागिता जनाएको थियो ।

विजय यूथले पहिलो खेल १४ गते साउथर्न एफसीसंग खेल्नेछ, १६ गते सिन्धुपाल्चोक एफसीसंग र १८ गते मनमैजु क्लवसंग खेल्नेछ । यस बर्ष सी डिभिजन लिग खेल्ने उद्देश्यसहित छनौटमा सहभागी हुन लागेको क्लवका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिए । ‘अघिल्लो २ बर्ष पनि छनौटका लागि प्रयास गरेका थियौं । दुवै पटक अन्तिममा गोल खाएर पहिलो चरणबाटै बाहिरियौं । उक्त खेलबाट पाठ सिक्दै यो पटक बलियो टिम बनाएका छौं’, राजबाहकले भने ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *