४५ ओैँ नवसर्जक मासिक शृङ्खला सम्पन्न

हेटौंडा, नवसर्जक साहित्य चाैतारी नेपालकाे आयाेजनामा ४५ ओैँ नवसर्जक मासिक शृङ्खला भर्चुअल माध्यम (गुगल मिट) मार्फत सम्पन्न भएकाे छ ।

ADVERTISEMENT

चाैतारीकी उपमहासचिव रचना भण्डारीकाे अध्यक्षता एवम् चाैतारीका संरक्षक/परिकल्पनाकार दीपक गाैतमकाे प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम कविद्वय शून्य नयन (गाेरखा) र दुर्गा खतिवडा (माेरङ) का विशेष कविता वाचनका रूपमा सम्पन्न भएकाे हाे । नेपालद्वारा २५ वर्षमुनिका उत्कृष्ट २५ निबन्धकारका रूपमा छनाेट भएका शून्य नयन र कविका रूपमा छनाेट भएकी दुर्गा खतिवडालाई चाैतारीले विशेष कविता वाचनकाे मञ्च प्रदान गरेकाे हाे ।

कार्यक्रममा कवि शून्य नयनले ‘परिवर्तन’, ‘प्रिय फूल’, ‘साइरन बजिरहेको एम्बुलेन्स’, ‘स्मृतिकाे क्षितिजबाट’ गरी चार वटा गद्य कविता वाचन गरे भने दुर्गा खतिवडाले ‘तिम्रा फूल कस्ता फूल?’, ‘पर्खाइ’, ‘अनन्तकाे एक निमेष’, ‘तिमी त्याे दिन फर्कन नहुने थियाे’ गरी चार वटा गद्य कविता वाचन गरिन् ।


वाचित कवितामाथि टिप्पणी गर्दै प्रमुख अतिथि दीपक गाैतमले दुवै कविका कवितामा समकालीन चेत पाइएकाे र कवितामा दुवै कविकाे भविष्य उज्ज्वल रहेकाे विचार अभिव्यक्त गरे । कार्यक्रमका अतिथि एवम् चाैतारीका सल्लाहकार विष्णु न्याैपानेले समेत दुवै कविकाे मुक्तकण्ठले प्रशंसा गरे । उक्त अवसरमा कविहरू समर्पण न्याैपाने (हेटाैँडा), नारायण रिजाल (दैलेख), प्रिज्मा शिवाकोटी (हेटाैँडा), काेपिल पाैडेल (रुपन्देही), मेनुका बानियाँ (तेह्रथुम) ले समेत आआफ्ना रचना वाचन गरेका थिए ।
चाैतारीकी सदस्य विविशा रुम्बाले स्वागत गरेकाे उक्त कार्यक्रमकाे सहजीकरण सचिव राैनक साहले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya