ट्रकमा ठोक्किएर हात चुडिएका व्यक्तिको उपचारको क्रममा मृत्यु

हेटौंडा, शनिबार मकवानपुरको मनहरीमा ट्रकमा ठोक्किएर हात चुडिएका पुरुषको ज्यान गएको छ । शनिवार विहान मनहरी–६ रजैयामा पुर्व-पश्चिम सडक खण्डमा बा ३ ख ८३९४ नम्बरको बसमा सवार अन्दाजी ३०र३२ वर्षाका पुरुषले झयालबाट हात निकालेको आवस्थामा उनको दाहिने हात हेटौडातर्फबाट चितवन तर्फ जादै गरेको ग १ क २२९७ नम्बरको मिनि ट्रकमा ठोक्किएको थियो ।

ADVERTISEMENT

बसमा सवार पुरुषले बसको झयालबाट हात बाहिर निकालेको अवस्थामा उक्त ट्रकमा ठोक्किएर दाहिने हात चुडिएको मकवानपुर प्रहरीले जनाएको छ ।

हात चुडिएर उपचारका लागि हेटौडा अस्पताल लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताएका छन्। मृतकको पहिचान नखुलेको र बस र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya