खेलकुद पत्रकार मञ्चले तालिम र प्रतियोगिता गर्ने

हेटौंडा, जिल्लामा खेलकुदको गतिबिधीलाई प्रोत्साहन गर्नका लागि खेलकुद पत्रकार मञ्च मकवानपुरले पत्रकारीता तालिम र खेलकुद प्रतियोगिता गर्ने भएको छ ।

ADVERTISEMENT

मञ्चका अध्यक्ष राजन दाहालको अध्यक्षतामा आइतबार बसेको बैठकले जिल्लामा खेल पत्रकारीतामा चासो राख्ने पत्रकारहरुका लागि दुई दिने तालिम र मैत्रिपुर्ण मिडियाकप रनिङशिल्ड फुटसल प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

मञ्चले २०८० बैशाख १५ र १६ गते पत्रकारीता तालिम सञ्चालन गर्ने भएको छ भने बैशाखकै २९ र ३० गते फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको मञ्चका सचिब गणेश दर्पण अधिकारीले जानकारी दिए । मञ्चले गर्ने तालिमको संयोजन सचिब अधिकारीले गर्ने छन् भने प्रतियोगिताको सचिब नबिन तिमल्सिनाले गर्ने छन् । दुबै कार्यक्रम आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

बैशाखको २९ र ३० गते सञ्चालन हुने फुटसल प्रतियोगिताका लागि मञ्चले पहिलो पुरस्कार ३० र द्धितिय २० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गर्ने भएको छ । बैठकले मञ्चको कोषाध्यक्ष रहेका सुदिप शिवाकोटी रोजगारीको शिलशिलामा बिदेश रहेकाले कार्यसमिति सदस्य पुष्पराज अधिकारीलाई कोषाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya