हेटौँडा, हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
आइतबार बिहान हेटौँडा–१ बुद्धचोकमा उपमेयर बानियाँमाथि आक्रमण भएको हो । आक्रमणबाट उपमेयर बानियाँलाई सामान्य चोट लागेको मकवानपुर प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले आक्रमणमा संलग्न हेटौँडा–२ निवासी ५१ वर्षीय पुरुषोत्तम खड्कालाई पक्राउ गरिएको बताए । आक्रमणको कारण खुल्न बाँकी रहेको छ भने प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।







