चैनपुर जेसीजको अध्यक्षमा ढकाल

हेटौंडा, चैनपुर जेसीज बर्ष सन् २०२४ को अध्यक्षमा रबिन ढकाल चयन भएका छन् । शनिबार भएको जेसीजको दोस्रो वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनले ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुरेश गौतम र महेश खुलाल, उपाध्यक्षमा हरिशरण शिवाकोटी, उज्वल बिष्ट, नवराज रिजाल र जयराम रिजाल चयन भएका छन् ।

ADVERTISEMENT

सबै पदमा सर्वसम्मत चयन भएको निर्वाचन आयुक्त चैनपुर जेसीजको मातृशाखा पर्साखैरहनी जेसीज २०२१ का अध्यक्ष रमेश पराजुलीले जानकारी दिए । अध्यक्षमा चयन भएका ढकालले सबैलाई समेट्दै आफ्नो कार्यकाल नमूनालायक बनाउने बताए । चैनपुर जेसीज नयाँ शाखा भएकोले तालिमसँगै युवाहरुको नेतृत्व र व्यक्तित्व विकास तथा सामाजिक कार्यलाई निरन्तरता दिने उनको भनाई थियो ।

चैनपुर जेसीजका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको अधिवेशनमा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष राजेशमोहन प्रधान, नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष अरुणकुमार दाहाल, हेटौंडा जेसीजका पूर्व अध्यक्ष बासु न्यौपाने, मातृशाखा पर्साखैरहनी जेसीज २०२३ का अध्यक्ष सुरजप्रसाद नेपाल, पूर्व अध्यक्ष रमेश पराजुली, २०२४ का लागि निर्वाचित अध्यक्ष नारन उप्रेती लगायतको आतिथ्यता रहेको थियो । बुट्वलमा भएको नेपाल जेसीजको ५० औं राष्ट्रिय महाधिवेशनबाट चैनपुर जेसीजले पूर्णता पाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *