हेटौंडा– हेटौंडा उपमहानगरपालिका बजार क्षेत्रमा व्यवसायीहरुले अस्थाई रुपमा घरसँगै जोडेर निर्माण गरेको टप हटाउने अभियान २५ मिटर बिस्तारको तयारीको रुपमा बुझन आग्रह गरीएको छ ।
हरीत र शुन्दर नगरीको रुपमा रहेको हेटौंडा बजार क्षेत्रमा रहेको राजमार्गको बिस्तार नहुँदा बजारको स्वरुप थप बिग्रदै गएको भन्दै उपमहानगरका नगर प्रमुख मिनाकुमारी लामाले अहिलेको अभियानलाई २५ मिटर बिस्तारको पहिलो चरणको तयारीको रुपमा बुझ्न आग्रह गरीन् ।
उपमहानगरले अहिले बजारक्षेत्रको अस्थाई टप हटाउँने काम सडक बिस्तारको अभियानको पहिलो चरणको रुपमा सोच्न व्यवासायीहरुलाई सचेत गराएको उनको भनाई थियो । उपमहानगरका नगरप्रमुख लामाले अहिलेको अभियान सडक बिस्तारको पहिलो चरणको तयारीका रुपमा बुझ्न जरुरी रहेको बताइन् ।
उनले भनिन् ‘अब २५ मिटर सडक बिस्तारको कामले गती लिल्छ भन्ने बुझ्न जरुरी छ ।’ २५ मिटर क्षेत्रमा रहने व्यवसायीले आफ्नो व्यवसायीक ठाउँको व्यवस्थापनमा ध्यान दिन उनले सुझाब दिइन् ।
व्यवसायीले आफ्नो व्यवसायको प्रवद्धनका लागि घर भन्दा बाहिर थपेको ‘अस्थाई टप’ उपमहानगरले हटाइरहेको छ । बजार क्षेत्रको हेटौंडा १, २, ४ र १० नम्बरमा रहेका पसल व्यवसायीले राखेको सामानको प्रचारका लागि घरसँगै जोडेर बनाएको अस्थाई टप हटाउँने काम चलिरहँदा यो अभियान २५ मिटरको पहिलो स्वरुप भएको नगरप्रमुख लामाले बताइन् ।
उपमहानगरका अहिले त्रिभूवन राजपथको चौकिटोल ओरालो देखि पुर्वपश्चिम राजमार्गको राप्तिरोड हेटौंडा अस्पताल अगाडि सम्म क्षेत्रमा व्यवसायीले राखेको अस्थाई टप निकाल्ने काम नगर प्रहरीले गरीसकेको छ ।
हेटौंडा–१ तर्फ पर्ने त्रिभूवन राजपथ र पुर्वपश्चिम राजमार्गको हेटौंडा अस्पताल सम्मका व्यवसायीले राखेको करिब ७५ वटा अस्थाई टपहरु हटाएइ सकेको बताइएको छ । अब उपमहानगरको २, ४ र १० नम्बर वडा क्षेत्रमा रहेका व्यवसायीले बनाएको घर भन्दा बाहिर निकालिएको अस्थाई टप हटाउने भएको छ ।
अस्वभाबिक ढंगबाट फुटपाथ क्षेत्रलाई कव्जा गर्दै निर्माण गरिएको अस्थाई टप हटाउने काम जारी रहने उपमहानगरपालिकाले जनाएको छ ।






