असोज १ गते शोक दिवस मनाउने, सरकारले दियो सार्वजनिक बिदा

हेटौँडा, सरकारले आगामी असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिनलाई शोक दिवसको रूपमा मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

ADVERTISEMENT

उनका अनुसार असोज १ गते सार्वजनिक बिदा दिइनेछ। साथै, ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओडाइने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिनेछ।

सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ। आन्दोलनका क्रममा देशभर ७२ जनाको मृत्यु भएको छ भने २ हजार ३१६ जना घाइते भएका छन्। हाल विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन्।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *