नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १८ औँ जिल्ला परिषद सम्पन्न

हेटौंडा, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरको आयोजनामा १८ औँ जिल्ला परिषद् शनिबार हेटौंडामा सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सङ्गठनका केन्द्रीय सदस्य लक्ष्मी गजुरेलको प्रमुख आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेकी गजुरेलले पालिकामा सङ्गठनको गतिविधिलाई तीब्र रुपमा अगाडि बढाउनु पर्ने बताएकी छिन् । उनले सदस्यता नवीकरण, शैक्षिक तथा रचनात्मक कार्यक्रमलाई अगाडी बढाउनुपर्नेमा जोड दिइएकी थिइन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरका अध्यक्ष श्रीराम दाहालले शिक्षकहरुको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै सदस्य नवीकरणको अवस्था,रचनात्मक कार्यहरूमा जोडिन र सङ्गठनका पालिका कमिटिले तिब्र रूपमा साङ्गठनिक गतिविधिमा लाग्न अनुरोध गरेका थिए ।

कार्यक्रममा संगठनका सचिव मुकुन्द न्यौपानेले सङ्गठनको अवस्था (शीर्षकमा २१ बुँदा समेटिएको) र सुधारात्मक पक्षहरू गरी ३ वटा शीर्षकमा आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष भावना सापकोटा प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा शिक्षकहित साकोसका उपाध्यक्ष मोहन शर्माले पेशागत सङ्गठन अति आवश्यक पर्ने भएकाले संगठनमा आवद्ध हुन आग्रह शिक्षक महासङ्घका जिल्ला अध्यक्ष जिधराज ढकालले महासङ्घ निर्माणको बारेमा र शैक्षिक आन्दोलनका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेशका महासचिव पूर्ण पुरी, प्रदेश कोषाध्यक्ष लक्ष्मी भण्डारी, प्रदेश सदस्यत्रय सुनिल गौतम, बालकुमार श्रेष्ठ, लक्ष्मी प्याकुरेल तथा प्रदेशका पूर्व सचिवालय सदस्य मोहन शर्मा,जिल्ला सल्लाहकार गोविन्द चौलागाईं, शिक्षक महासङ्घ जिल्ला अध्यक्ष जिधराज ढकाल, सङ्गठनका नेता मोहन न्यौपाने, शिक्षक महासङ्घ हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष दीपक अधिकारी,जिल्ला उपाध्यक्षद्वय कृष्ण पौडेल,प्रतिमा गौतम ,सहकोषाध्यक्ष सबिता लामिछाने ,सचिवालय सदस्य डीबी बर्तौला, भिमफेदी गापा सङ्गठनका अध्यक्ष कृष्ण पोखरेल,हेउनपा सङ्गठनका अध्यक्ष गोपीरमण प्याकुरेल तथा सचिव देवराज शर्मालगायत १० वटै पालिकाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिती रहेको प्रचार विभाग प्रमुख डीबी बर्तौलाले जानकारी दिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *