मकवानपुरमा १५७ किलो गाँजा कन्टेनरभित्रै फेला, चालक पक्राउ

हेटौँडा, मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसे चेकपोस्ट नजिक ठूलो परिमाणमा गाँजा बरामद गरिएको छ। मकवानपुरे प्रहरीले १५७ किलो १२० ग्राम गाँजासहित एक कन्टेनर चालकलाई पक्राउ गरेको हो।

ADVERTISEMENT

मंगलबार बिहान करिब ६ बजे इलाका प्रहरी कार्यालय भिमफेदी र प्रहरी चौकी भैसेबाट खटिएको संयुक्त टोलीले पालुङतर्फबाट हेटौंडा बजारतर्फ जाँदै गरेको बा २ ख ३२१९ नम्बरको भाडा कन्टेनर चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो।

जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे नगरपालिका–८ बस्ने ४१ वर्षीय चालक बिरबहादुर तामाङले चलाएको कन्टेनरको पछाडिको डिब्बामा लुकाइ–छिपाइ गरी ल्याइएको अवस्थामा १२ पोका गाँजा भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद गरिएको गाँजा तथा कन्टेनर नियन्त्रणमा लिई चालकलाई समेत पक्राउ गरी लागुऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत मकवानपुरबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *