हेटौंडा, बागमती प्रदेशस्तरिय खेलकुद प्रतियोगिताका लागि खेलाडीहरु छनौट गरीएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुने प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको लागि मकवानपुरबाट खेलाडी छनौट गरेको हो मकवानपुर जिल्ला खेलकुद विकास समितिले तेक्वान्दो पुम्से, ब्याडमिन्टन, कराते, एथ्लेटिक्स, तेक्वान्दो खेलको लागि खेलाडी छनौट भइसकेको र फुटबल, भलिबल र क्रिकेट खेलको लागि खेलाडीको छनौट हुन बाँकी रहेको मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिए ।
खेल अन्तर्गत तेक्वान्दो पुम्से विधामा हेटौंडा २ का मुसुफ हुसेन, हेटौंडा १७ का कविना राई र हेटौंडा ४ का अरविन घले छनौट भएका छन् । ब्याडमिन्टन खेल पुरुषमा अभिषेक बोस, बिरबहादुर गुरुङ, रेवती कार्की, दोर्जे लामा (वैकल्पिक) मा छनौट भएका छन् । यसैगरी ब्याडमिन्टन महिलामा माधवि बोस छनौट भएकी छिन् । पुरुष करातेमा ५० केजी तौल समूहमा राज भोलन, ५५ केजीमा सुबिन खत्री, ६० केजीमा विकास भोलन, ६७ निमा शेर्पा, ७५ केजीमा रोशन बलामी, ८४ प्लसमा रामशरण माझी र ८४ माइन्समा आशिष थापा छनौट भएका छन् ।
कराते महिला तर्फ ४५ केजीमा दिक्षा कार्की, ५० केजीमा प्रमिला थोकर, ५५ केजीमा रबिना माझी, ६० केजीमा प्रेरणा लामा छनौट भएका छन् । एथ्लेटिक्स विधा अन्तर्गत पुरुषतर्फ सटपुट तथा डिस्कस थ्रोमा जयथापा मगर, ज्याभलिन थ्रो र रिले रेसमा सुमन योन्जन, ५ हजार मिटर र १० हजार मिटरमा संजिव मिजार, २ सय मिटर तथा ४ सय मिटर रिले र लङ्जम्पमा आयूष नेगी, एक सय मिट रिलेमा सन्देश राई, एक सय मिटर र २ सय मिटर रिलेमा गौरव मुक्तान, ४ सय मिटर तथा ८ सय मिटर रिलेमा सन्तोष गौतम छनौट भएका छन् । १ सय मिटर तथा २ सय मिटर तथा त्रिपलजम्प रिलेमा सुजन राई र ४ सय मिटर तथा १५ सय मिटर रिलेमा जिकेश सापकोटा वैकल्पिकमा छनौट भएका छन् ।
महिलातर्फ १ सय मिटर तथा २ सय मिटर रिलेमा दिना गोपाली र पविता विष्ट, ४ सय र ८ सय मिटररिलेमा सन्थ्या गोले, १५ सय मिट र ५ हजार मिटर रिलेमा सरिता हुमागाई, ४ सय मिटर र ८ सय मिटरमा आरती लोप्चन, १५ सय मिटर सटपुटमा सबिना आलेमगर, ८ सय मिटर र १५ सय मिटरमा प्रार्थना लोप्चन र ५ सय मिटरमा लक्ष्मी थिङ छनौट भएका छन् भने सरस्वती सुनार ४ सय र ८ मिटरमा वैकल्पिकमा परेकी छिन् । तेक्वान्दो छनोटमा पुरुतर्फ हेटौंडा १७ का अविसेक बानियाँ, हेटौंडा ४ का सुजित माझी, हेटौंडा ४ का अमन माझी, हेटौंडा १४ का सुजन दर्नाल र बज्रवाराहीका मिलन बलामी रहेका छन् ।
महिलामा हेटौंडा ८ का सोनिया श्रेष्ठ, हेटोंडा ४ का रोशनी कार्की, नामटारका अनिशा वि.क., हेटौंडा १४ का श्वेता थिङ्ग लामा, हेटौंडा ९ का जेशिका कार्की र हेटौंडा ९ का विविका थापा मगर छनौट भएका छन् ।






