हेटौँडा, हेटौँडा–५ मा रहेको जेनिथ माध्यमिक विद्यालयको आयोजनामा भएको अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी सोलिड्यारिटी इन्टरने्शनल विद्यालयले जितेको छ । हेटौँडा उपमहानगरपालिकात्रि रहेका १० वटा संस्थागत विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा आज भएको फाइनल खेलमा सत्यम जेभियर्स माध्यमिक विद्यालयलाई ३–१ को गोल अन्तरले पराजित गर्दै सोलिड्यारिटीले उपाधी चुमेको हो ।

प्रतियोगितामा संगमचोकमा अवस्थित ज्ञानोदय बालबाटिका माध्यमिक विद्यालय तेस्रो भएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः नगद ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्रप्रदान गरिएको थियो । यसैगरी विद्यागत तर्फ गौरभ चौधरी उत्कृष्ट गोलकिपर, सौगात देउला उत्कृष्ट खेलाडी र दिबस मुक्तान सर्वाधिक गोलकर्ता घोषित भए ।
पढाइसँगै विद्यालयले अतिरिक्त क्रियाकलापलाई जोड दिँदै नगरभित्र रहेका विद्यार्थी र विद्यालयमाझ सम्बन्ध सुधार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्कीले जानकारी दिए । आज भएको पुरस्कार वितरण कार्यक्रममा विद्यालयका प्रिन्सिपल श्रीबहादुर कार्की, समाजसेवी सञ्जय सिलवाल, आइटी विभाग प्रमुख दुर्गा सिग्देल, प्राध्यापक विकास केसी, हेटौँडा सिटी कलेजका प्रशासक अधिकृत सुमान्त सिल्वाललगायतको आतिथ्य रहेको थियो ।







