हेटौँडामा करिब ३० घर डुवानमा

हेटौँडा, भारी वर्षाका कारण हेटौँडाका करिब ३० घर डुवानमा परेका छन् । शुक्रबार रातीदेखी निरन्तर परेको पानीका कारण सिचाईटोल, पिप्ले, शान्तिनगर कर्रा क्षेत्रका ३० घर भन्दा बढी डुवानमा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।

ADVERTISEMENT

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ को सिचाईटोल, पिप्ले, शान्तिनगर, हेटौँडा-४ को कर्रा क्षेत्रमा बस्तीहरु डुवानमा परेका हुन् । तत्काल मानवीय क्षती भने नभएको प्रवक्ता भण्डारीले बताए । नेपाल प्रहरीको उपस्थितीमा उद्दार कार्य भइरहेको प्रहरीले जनाएको छ ।

नगरका कार्यबहाक नगरप्रमुख राजेश बानियाँले डुवान क्षेत्रको अनुगमन गर्दै नगर प्रहरी समेत परिचालन गरि उद्दार कार्य गरिएको बताए । नेपाल प्रहरी, नगर प्रहरी, स्थानीयहरुको सहयोगमा डुवानमा परेका स्थानीयहरुलाई उद्दार गरिएको बानियाँले बताए । हरेक वर्ष उक्त क्षेत्र डुवानमा पर्ने भएकाले दीर्घकालीन सोचका साथ नगरपालिका र प्रदेश सरकारको संयुक्त बजेटबाट डिपिआर तयार पारेर दीर्घकालीन समस्या समाधान गरिने बानियाँले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *