जेनिथ विद्यालयले विद्यार्थीलाई संस्कृति सिकाउँदै

सुजन ढकाल

ADVERTISEMENT

हेटौँडा, हेटौंडा–५ मा रहेको जेनिथ माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई संस्कृति र परम्परा सिकाउने प्रयत्न गरेको छ । समय परिवर्तनसंग संस्कृति र परम्परा नै हराउने चरणमा रहेका बखत हेटौंडा–५ स्थित पिप्लेमा सञ्चालित जेनिथ विद्यालयले विद्यार्थीहरुलाई संस्कृति सिकाउने प्रयत्न गरेको हो ।

आउँदै गरेको नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर जमरा राख्ने काममा कक्षा नर्सरी देखि यूकेजीसम्म अध्ययनरत विद्याथीहरुलाई सहभागी गराएको हो । विजया दशमीको महत्व र सो पर्वको इतिहाससहित संस्कृति सिकाउने उद्धेश्य अनुसार विद्यालयले विद्यार्थीहरुलाई जमरा राख्न सहभागी गराएको हो । विजया दशमीको महत्व र इतिहास सिकाउँदै विद्यार्थीहरूलाई संस्कृति जगेर्नामा अग्रसर गराउने विद्यालयको उद्धेश्य रहेको छ ।

सानो कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई पर्व र सोको विषयमा जानकारी गराउँदै परम्परा जगेर्नामा सो काम फलदायी सावित हुने विद्यालयका प्रिन्सिपल श्री बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार धार्मिक सहिष्णुता कायम गर्दै विद्याथीहरुलाई संस्कृति परम्पराका बारेमा सिकाउने प्रयास अनुसार जमरा राख्ने काममा विद्यार्थीहरुलाई सहभागी गराइएको हो ।
विद्यार्थीहरुले राखेका जमरालाई विजया दशमीको परम्परा अनुसार नै अघि बढाउने र फुलपाती भित्राउने तथा विजया दशमीको टिका ग्रहण तथा समापन लगायतका कार्यहरु संचालन गरिने उनले बताए । विजया दशमीको विदा हुने दिनको अघिल्लो दिन विद्यार्थीहरुले राखेका जमरा प्रयोग गरी विजया दशमीको टिका ग्रहण लगायतका कार्यहरु संचालन गरिने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya