संविधान दिवसमा खुला दौड प्रतियोगिता हुने

हेटौंडा, संविधान दिवस २०८० को अवसरमा हेटौंडामा खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा २ गते मंगलबार बिहान महिला तथा पुरुष खुला दौड प्रतियोगिता हुने भएको हो । संविधान दिवस मनाउने सन्दर्भमा दौडमा इच्छा भएका खेलाडीहरुको लागि प्रतियोगिता आयोजना गर्न लागिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्यलाल भन्डारीले जानकारी दिए ।

‘छोटो तयारीका बीच प्रतियोगिता आयोजना गर्न लागेका छौं । इच्छुक खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन् । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्, सदस्य सचिव भन्डारीले भने, ‘हेटौंडाको बुद्धचोकदेखी क्याम्पाडाँडा सम्म ५ किलोमिटर दौड हुनेछ ।’

खुला प्रतियोगिता भएकोले जोकोहीले पनि सहभागिता जनाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button