संविधान दिवसमा खुला दौड प्रतियोगिता हुने

हेटौंडा, संविधान दिवस २०८० को अवसरमा हेटौंडामा खुला दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

ADVERTISEMENT

बागमती प्रदेश खेलकुद विकास परिषदको आयोजनामा २ गते मंगलबार बिहान महिला तथा पुरुष खुला दौड प्रतियोगिता हुने भएको हो । संविधान दिवस मनाउने सन्दर्भमा दौडमा इच्छा भएका खेलाडीहरुको लागि प्रतियोगिता आयोजना गर्न लागिएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव सूर्यलाल भन्डारीले जानकारी दिए ।

‘छोटो तयारीका बीच प्रतियोगिता आयोजना गर्न लागेका छौं । इच्छुक खेलाडीहरुले सहभागिता जनाउन सक्नेछन् । प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्, सदस्य सचिव भन्डारीले भने, ‘हेटौंडाको बुद्धचोकदेखी क्याम्पाडाँडा सम्म ५ किलोमिटर दौड हुनेछ ।’

खुला प्रतियोगिता भएकोले जोकोहीले पनि सहभागिता जनाउन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya