चिरनको नेतृत्वमा क्यान महासंघ मकवानपुर

हेटौंडा, कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) मकवानपुरको अध्यक्षमा चिरन कुमार घिमिरे चयन भएका छन् । आज भएको क्यान मकवानपुरको १८ औ वार्षिक साधरणसभा एवम् नवौँ अधिवेशनबाट चिरनको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

ADVERTISEMENT

क्यानको वरिष्ठ उपाध्यक्षमा गोविन्द चौलागाई र श्रीराम खतिवडा, सचिवमा विश्वप्रसाद गौतम, सहसचिवमा स्वागत अधिकारी, कोषाध्यक्षमा उमेश थिङ चयन भएका छन् । यसैगरी सदस्यमा श्रवण श्रेष्ठ, सहदेव ढकाल, आकाशबहादुर थापा, उर्मिला सापकोटा, दिपक देवकोटा र दिनेश रिजाल चयन भएका छन् ।

कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) मकवानपुरको अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya