मकवानपुर जिल्ला तेक्वान्दो संघको अध्यक्षमा पुनः लालकाजिरत्न बज्राचार्य

हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो संघको अध्यक्षमा पुनः लालकाजिरत्न बज्राचार्य चयन भएका छन्। शनिबार सम्पन्न संघको चौथो वार्षिक साधारण सभा तथा सातौं जिल्ला अधिवेशनबाट बज्राचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो।

ADVERTISEMENT

उपाध्यक्षमा निरुकुमारी मगर निर्वाचित भइन्। उनले १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी विमल विकले ६ मत पाए। यसैगरी उपाध्यक्षमा मानबहादुर वाइबा, सचिवमा ओमबहादुर मोक्तान र कोषाध्यक्षमा रविन्द्र डङ्गोल सर्वसम्मत चयन भए।

सदस्यमा सुरशा ढुंगाना (१७ मत), पवन अगस्ती (१४ मत), हरि भुजेल (१८ मत) र शिवहरि राई (१८ मत) निर्वाचित भए भने गोपाल सुनार, माधवलाल श्रेष्ठ, पुरुषोत्तम रुपाखेति र विवेक राई पनि चयन भएका छन्।

कार्यक्रम मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुर जिल्ला तेक्वान्दो संघका अध्यक्ष बज्राचार्यले आफ्नो चार वर्षे कार्यकालको संक्षिप्त विवरण स्लाइडमार्फत प्रस्तुत गरेका थिए।

‘अध्यक्ष हुँदा जिल्लामा ४–५ वटा मात्र डोजाङ थिए। स्थानीय तह, प्रदेश सरकारको सहयोग तथा मकवानपुर जिल्ला तेक्वान्दो संघको समन्वयमा अहिले वडावडामा तेक्वान्दो खेलाडी भेटिन्छन्।’ अध्यक्ष बज्राचार्यले भने- ‘जिल्लामा ५ हजार खेलाडी पुर्‍याउने लक्ष्य रहेको छ।’ उनको प्रस्तुतिलाई प्रमुख अतिथि जोशीले खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा वक्ताहरूले खेल क्षेत्रमा सरकारको लगानी बढाउनुपर्ने र खेलाडी उत्पादनतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का निवर्तमान सदस्य माधव तिमल्सिना, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पूर्वअध्यक्ष सानु लामा, निर्वतमान अध्यक्ष वेष खड्गी, अध्यक्ष राजकुमार मोक्तान, कार्यालय प्रमुख माधव कोइराला लगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya