एथ्लेटिक्सबाटै खेलाडीको करियर सुरु हुन्छ : पाण्डे

हेटौंडा, २९ मंसिर/नेपाल एथ्लेटिक्स संघका केन्द्रीय सदस्य प्रभाकर पाण्डेले एथ्लेटिक्स खेलबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको करियर सुरु हुने बताएका छन् । नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद प्रतियोगिताको क्याम्पाडाँडा चौरमा उद्घाटन गर्दै पाण्डेले एथ्लेटिक्स खेलबाट नै खेलाडीहरुले अहिले विश्वकप फुटबल खेल खेलिरहेको उनले बताए ।

ADVERTISEMENT

कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा नवोदय विद्यालयका व्यवस्थापन समिति अध्यक्ष पुरनबहादुर जोशीले शरीरलाई तन्दुरुस्त बनाउन खेलकुद महत्वपूर्ण रहेको बताए । नवोदय शिशु सदनमा सञ्चालन भएको स्काउट कार्यक्रम नवीन कार्यक्रम भएको जानकारी दिँदै उले विद्यालयले गर्ने हरेक क्रियाकलापहरु नयाँ हुने दावी गरे । समाज रुपान्तरणको लागि स्काउटले महत्वपूर्ण निर्वाह गर्ने उनको विशवास थियो । नवोदय विद्यालयका सहप्रधानाध्यापक दुर्गा भट्टराईले स्वागत गरेको कार्यक्रममा सप्ताहव्यापी खेलकुद कार्यक्रमका संयोजक रोशिक श्रेष्ठको अध्यक्षता रहेको थियो । नवोदय स्काउटका विद्यार्थीहरुलाई क्याम्पा मिनी रंगशालामा मार्चपास समेत गरेका थिए ।

कक्षा ४ देखि १० सम्मका अध्ययनरत विद्यार्थीहरु धौलागिरी, सगरमाथा, कञ्चनजंघा र अन्नपूर्ण सदनमा विभाजन भएका विद्यार्थीहरुले खेलकुद प्रतियोगितामा भाग लिएका थिए । खेलकुद कार्यक्रम अन्तर्गत क्याम्पा मिनी रंगशालामा दौड प्रतियोगिता, टक अफ वार, स्पोन्च लगायतका प्रतियोगिताका खेलहरु सञ्चालन हुनेछन् भने फुटबल, भलिबल, क्रिकेटलगायतका खेल सम्पन्न भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *