उद्घाटन खेलमा कलैयासँग मकवानपुर पराजित

हेटौंडा, जितपुर सिमरामा शुरू भएको टि २० हरपुर च्याम्पियन प्रतियोगितामा मकवानपुर पराजित भएको छ । आइतबार भएको उद्घाटन खेलमा कलैयाँ क्रिकेट क्लवसँग मकवानपुर ६ विकेटले पराजित भएको हो ।

ADVERTISEMENT

टस जितेर ब्याटिङ रोजेको मकवानपुर १५ ओभरमा अल आउट हुँदै ११६ रन बनायो । मकवानपुरका ओपनर ब्याट्सम्यान गौरभ खड्काले ४८ रन बाहेक अरु खेलाडीले सम्हालेर खेल्न सकेनन् । मकवानपुरका सुवर्ण भट्ट १४ रन र रामनरेश गिरीले १३ रन बाहेक अरु खेलाडीले दोहोरो अंक बटुल्न सकेन । कलैयाका शंकर पौडेलले ४ विकेट, भुलन सहनीले २ विकेट र कुमार थापाले १ विकेट हात पारे ।

११७ रनको लक्ष्य पाएको कलैयाले १८ दशमलव ३ ओभरमा ४ विकेटको नोक्सानीमा लक्ष्य भेटयो । कलैयाका सहिल पटेलले ५४ रन, निरज यादव २८ रन, तृतराज दास नटआउट हुँदै २० रन जोडे । मकवानपुरका रामनरेश गिरीले २ विकेट र पियुश शर्माले १ विकेट लिए । फागुन २१ गते मकवानपुरले युथ क्रिकेट क्लवसँग प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको समूह ‘ए’ मा कलैया क्रिकेट क्लव, मकवानपुर क्रिकेट क्लव, यूथ क्रिकेट क्लव रहेका छन् भने समूह ‘बी’ मा चितवन क्रिकेट, नेशनल इनफोटेक र आयोजक हरपुर क्रिकेट क्लव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya