हेटौँडा, बागमती गाउँपालिका–१ माझगाउँ खेस्रेखोलाटोलका १८ वर्षीय सोमबहादुर घलान बागमती नदीले बगाएर बेपत्ता भएको दुई दिनपछि मृत फेला परेका छन्।
गत बुधबार दिउँसो करिब ३:३० बजे बुबा गुञ्जमान घलानसँग माछा मार्न गएका सोमबहादुरलाई बागमती नदीले बगाएको थियो। स्थानीयवासी र प्रहरीले संयुक्त रूपमा खोजी कार्य थाले पनि उनी बेपत्ता भएका थिए।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार उनी शुक्रबार बिहान रौतहटको राजदेवी नगरपालिका–१ गडैयाघाटस्थित बागमती नदी किनारमा मृत अवस्थामा फेला परेका हुन्। शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ।
मृतकको दाइ राज घलानले अस्पतालमै पुगेर शवको सनाखत गरेका छन्।
ADVERTISEMENT