हेटौंडा, वातावरण दिवसको अवसरमा आयोजित हाजिरीजवाफ प्रतियोगितामा कृष्णमन्दिर बाल क्लव प्रथम भएको छ । टोल बिकास संस्था वडा समन्वय समिति हेटौंडा ११ ले आयोजना गरेको बाल क्लब स्तरीय हाजिरी जवाफ प्रतियोगितामा सरस्वती बाल क्लब द्वितीय, सुर्योदय बाल क्लब तेस्रो र गणेश स्थान बाल क्लब चौथो भएको छ। प्रतियोगितामा वडा भरिका २१ वटा बाल क्लबको सहभागीता रहेको थियो ।
समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष जुना दहाल र टोल बिकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठले कार्यक्रमको महत्वको बारेमा प्रकाश पारेका थिए । प्रतियोगितामा बिजेता हुनेहरुलाई २० गते हुने वडा स्तरिय सचेतना मुलक र्याली पश्चात् नगद तथा प्रमाणपत्र वितरण गरिने छ।
ADVERTISEMENT