हेटौंडा, देउसी भैलो कार्यक्रमबाट संकलित रकमले मामाघर नेपाललाई सहयोग गरिएको छ । सोमबार अनविज्ञ ब्यान्डले हेटौंडा–११, डाङ्डुङ्गेमा रहेको मामाघर नेपाललाई बिहानको खानासहित ३० हजार रुपैयाँ नगद सहयोग गरेको हो ।
अनविज्ञ ब्यान्डका अभिभावक पर्बतजंग गुरुङका अनुसार ब्यान्डले समाज परिवर्तनसँगै आश्रित भान्जाहरुको उज्जवल भविष्यमा सहयोग पुर्याउने उद्देश्यले देउसी भैलो कार्यक्रम गरेका थिए । देउसी भैलोबाट १ लाख ६१ हजार रुपैयाँ रकम संकलन भएको थियो । संकलित रकमबाट देउसी भैलो खेल्ने क्रममा भएको खर्चहरु कटाएर मामाघर नेपाललाई बिहानीको खानासहित ३० हजार रुपैयाँ नगद सहयोग गरिएको ब्यान्डका म्यानेजर संग्राम बल लामाले बताए ।
मामाघरले हालसम्म दुईसय २ जना बालबालिकाको उद्दार गरेको छ । जसमध्ये १ सय ४० बालबालिकालाई उनीहरुको परिवारसँग पुनर्मिलन मामाघरले गराएको छ भने २० जना बालबालिकाहरु हाल आश्रित रहेको मामाघर नेपालका कोषाध्यक्ष ईश्वर सिलवालले बताए ।







