हेटौंडा, नेपालअप्टिक व्यवसायी संघ नेपाल मकवानपुर शाखाले विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा संस्थापक अध्यक्ष सुदिप ठकुरीले केही समयअघि मात्र मकवानपुर शाखाको औपचारिक शुभारम्भ गरिएको जानकारी दिँदै जिल्लाभरका चस्मा व्यवसायीलाई एकताबद्ध गर्दै व्यवसायको गुणस्तर र सेवा प्रवाहमा सुधार ल्याउन संघको भूमिका महत्वपूर्ण रहने बताए।
कार्यक्रममा मकवानपुर जिल्लामा क्रियाशील सम्पूर्ण चस्मा व्यवसायीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले पर्वको शुभकामना साटासाट गर्नुका साथै आपसी समन्वय र सहकार्यको आवश्यकतामा जोड दिएका थिए।
संघले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।







