भारी वर्षामा पनि भरिएन कुलेखानी

हेटौंडा, देशका विभिन्न भागमा भारी वर्षा भइरहेको समयमा कुलेखानी विद्युत् उत्पादन केन्द्रको बाँधमा भने पानीको सतह अघिल्लो वर्षको तुलनामा निकै कम रहेको छ । कुलेखानी प्रथमका प्रमुख मदन तिमल्सिनाका अनुसार हाल जलाशयको अवस्था सामान्य छ र तत्काल कुनै जोखिम नरहेको बताए ।

ADVERTISEMENT

नेपाल प्रेससँग भने अहिले भइरहेको वर्षाका कारण पानीको सतह खासै बढेको छैन । हालको पानीको सतह र क्षमता अनुसार कुलेखानी जलाशयमा पानीको सतह १५०६ मिटर रहेको छ। समुद्री सतहबाट यो उचाइमा पानी पुगेको हो ।

जलाशयमा पानी राख्न दिइने अधिकतम तह ९म्याक्सिमम ० १५३० मिटर हो । यदि पानीको सतह १५३० मिटरभन्दा बढी पुगेमा त्यो आफै स्पिल जानेछ। अहिलेको १५०६ मिटरको सतह अधिकतम तहभन्दा निकै तल रहेकाले अहिले कुनै पनि रिस्क नभएको नभएको तिमल्सिनाले बताए ।

ADVERTISEMENT

उनले भने, ‘कुलेखानीमा काठमाडौंमा जस्तो ठुलो पानी परेको छैन । आज रातीबाट ठुलो पानी पर्ने भन्ने छ । अब परेको पानीले सतह बढ्न पनि सक्छ । अघिल्लो वर्ष पानीको सतह धेरै माथि पुगेको थियो । अहिले त्यस्तो छैन । तर, यस वर्ष पानी बढ्न नपाएको र लेभल तलै रहेकोले अहिले कुनै खतरा छैन । कुलेखानी क्षेत्रमा काठमाडौँ जस्तो तीव्र गतिमा पानी परेको छैन। बाँधबाट निरन्तर रूपमा विद्युत् उत्पादन कार्य पनि चलि नै रहेको छ। जलाशय ठुलो बटुकाको आकार मा रहेकोले जति माथि गयो उति उति ठुलो ठुलो क्षेत्रफल हुँदै जाने छ ।’

इन्द्रसरोवार गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले कुलेखानीमा पानीको सतह काम नै रहेको बताए । कुलेखानीको प्रमुख र सुरक्षा निकायसँग कुराकानी भइरहेको जानकारी दिए ।

२०८२ असोज १२ गते पछिल्लो पटक इन्द्रसरोबरमा रहेको कुलेखानी जलाशय भरिएपछि ३१ वर्षपछि ड्यामको ढोका खोलिएको थियो । जलाशय भरिएपछि २०५० सालमा पनि ढोका खोलिएको थियो ।

१ हजार ५ सय ३० मिटर पानी भण्डारणको क्षमता रहेको नेपाल विद्युत् प्राधिकरणको उक्त जलाशयमा क्षमता भन्दा ३० सेन्टिमिटर पानी बढी भएपछि ढोका खोलिएको थियो ।

नेपालको सबैभन्दा ठुलो मानव निर्मित तालको रूपमा समेत रहेको यो जलाशय करिब ७ किलोमिटर लम्बाई रहेको छ ।

मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका दामन,पालुङ, वज्रवराही, चित्लाङ तथा इन्द्रसरोवर गाउँपालिकाको मार्खु र फाखेल जलाशयको जलाधार क्षेत्र हुन् । नेपाल प्रेसबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *