परिचयको शेयर पूँजी ३ करोड

हेटौंडा ३ मा रहेको परिचय बचत तथा ऋण सहकारी संस्थाको शेयर पूँजी ३ करोड रुपैयाँ रहेको छ । साउन ३१ गतेसम्म सहकारीको शेयर पूँजी ३ करोड ३२ लाख ७० हजार रुपैयाँ रहेको संस्थाका प्रबन्धक सुशान्त तिमल्सिनाले जानकारी दिए ।

५ सय ५ शेयर सदस्य आवद्ध रहेको सहकारीको जगेडा कोष २२ लाख रुपैयाँ, विभिन्न कोषमा जम्मा गरेको रकम २ लाख २१ हजार रहेको छ ।

यसैगरी सहकारीको कुल बचत ११ करोड ८१ लाख रुपैयाँ रहेको छ । सहकारीको तरलना २७ दशमलव १५ प्रतिशत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button