गठबन्धनलाई जिताए विकासमा ब्यापकता आउनेः मोक्तान

हेटौंडा, मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ (क) की लोकतान्त्रिक बाम गठबन्धनकी प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले गठबन्धनलाई जिताए मात्र विकास निर्माणमा ब्यापकता आउने दाबी गरेकी छिन् ।

ADVERTISEMENT

मकवानपुरको भीमफेदी गाउँपालिका १, किसेडीमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीले आफ्नो कार्यकालमा उक्त क्षेत्रमा पक्की पुल निर्माण गरेको भन्दै अबको कार्यकालमा सडक सुधार्दै जनताको विचमा बसेर काम गरिरहने बताइन् ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी उनीले आगामी कार्यकालमा किसेडी क्षेत्रमा सबैभन्दा अभाव रहेको सडक र पानी ब्यवस्थापनमा केन्द्रित रहने बताइन । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधी सभा सदस्य उम्मेदवार विरोध खतिवडाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

ADVERTISEMENT

नेपाली कांग्रेसका रमेशकुमार थिङको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस भीमफेदीका सल्लाहकार नारायण थापा, नेकपा माओवादी केन्द्रका नेता बद्री स्याङ्तान, नेकपा एकीकृत समाजवादी मकवानपुरका सचिवालय सदस्य माधव तिमल्सिना लगायतले मन्तब्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *