देश विकासको लागि एमाले आवश्यक : नेता ज्ञवाली

हेटौंडा, नेपाल एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले समग्र देश विकासको लागि एमालेको सरकार आवश्यक रहेको बताए । नेपाल कम्युनिष्ट पार्टी हेटौडा–६ को बिस्तारित बैठकलाई सम्वोधन गर्दै नेता ज्ञवालीले भने बर्तमान सरकारले देशको हितमा काम गर्न नसकेको हुँदा एमाले सरकार आवश्यक परेको हो ।

ADVERTISEMENT

एमाले पार्टी मजदुर,किसान,जनजाती, पिछडिएका बर्गको उत्थान गर्ने पार्टी भएकाले एमालेको सरकारले मात्रै देशको विकास गर्न सक्ने बताए । पार्टीलाई २०८४ को निर्वाचनमा बहुमत प्राप्त गर्न सक्ने गरि कार्यकर्ताहरु जनताको माझमा जानु पर्ने बताउदै नेता ज्ञवालीले पार्टी छाडेर जाने सबैलाई आफनो मुलघर एमालेमा फर्कन आग्रह गरे ।

माधव नेपालले ललिता निवास प्रकरणमा नितीगत निर्णय गरेर गल्ती गरेकाले कानून बमोजिम कार्वाही हुनु पर्ने बताए ।
बैठकलाई सम्वोधन गर्दै एमाले केन्द्रीय सदस्य रामेश्वर रानाले अव पार्टीका सबै अंगहरु त्रियाशिल हुनु पर्ने बताए । बैठकमा एमाले बागमती प्रदेश कमिटी सदस्य श्रीधर पोखरेल, भोजराज ढकाल, जिल्ला अध्यक्ष एवम प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौडा–४ का वडा अध्यक्ष एवम जिल्ला सचिव नविन सिग्देल, हेटौडा-१५ का वडा अध्यक्ष सुनिल मुक्तान, जिल्ल्ला सदस्य विष्णुप्रसाद चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

बैठकले पार्टीलाई गतिशिल बनाउन विभिन्न उपसमितिहरु समेत गठन गरेको छ । सामाजिक सामुदायिक संघसंस्था संयोजक बासुदेव अधिकारी, जनसंगठन समन्वय संयोजक विष्णुप्रसाद ढुङगाना, स्थानीय तह वडा संयन्त्र संयोजक विश्वराज राई, विदेशमा रहेकाहरुको तथ्याङ संकलन संयोजक लेखराज ढकाल, सामाजिक लेखा परिक्षण संयोजक श्याम प्रसाद भट्टराई, प्रचारप्रसार संयोजकमा भीमसेन पौडेललाई जिममेवारी दिईएको छ ।

विस्तारित बैठक नेकपा एमाले हेटौडा ६ नंं वडा कमिटिका अध्यक्ष विश्वराज राईको अध्यक्षतामा बसेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya