हेटौंडा, नेपाली कांग्रेस निकटको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको हेटौंडा ४ नम्बर वडा समिति गठन भएको छ ।
मंगलबार भएको वडा भेलाले कृष्णकुमार नकर्मीको नेतृत्वमा कार्यसमिति गठन गरेको हो ।

महासंघको उपाध्यक्षमा मालती श्रेष्ठ र त्रैलोक्यमोहन ठिके, सचिव श्रृष्टि गोर्खाली र दिपेश खड्की, सहसचिव केदारबहादुर श्रेष्ठ र दिपकदास श्रेष्ठ, कोषाध्यक्ष विना श्रेष्ठ तथा सदस्यमा प्रकाश महर्जन, गणेशबहादुर श्रेष्ठ, रामकुमार राजभण्डारी, तिलकबहादुर माझी, निता मानन्धर, सुष्मा श्रेष्ठ, चन्द्रनाथ श्रेष्ठ, गजेन्द्र बल लामा, उषा लामा र विष्णुमाया सिन्तान लगायत रहेका छन् ।
भेलाले कृष्णकुमार नकर्मी, श्रृष्टि गोर्खाली, गजेन्द्र बल लामा, निता मानन्धर, सुष्मा श्रेष्ठ, उषा लामा र विष्णुमाया सिन्तानलाई क्षेत्रीय प्रतिनिधिमा चयन गरेको छ ।
नेपाली कांग्रेस हेटौंडा ४ नम्बर वडा सभापति हरिप्रसाद पौडेलको अध्यक्षतामा भएको भेलामा कांग्रेस बागमती प्रदेश सदस्य प्रदीप कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा तामाङ संघका संयोजक ईन्द्रबहादुर लोप्चन, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका कार्यबाहक अध्यक्ष कविता श्रेष्ठ, कांग्रेस मकवानपुर क्षेत्र नम्बर १ को ‘ख’ का उपसभापति
शुक्रराज जोशी, संघीय सचिव कविन सांगामी, लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका जिल्ला कोषाध्यक्ष शान्ति स्याङ्बो लोप्चन लगायतको आतिथ्यता रहेको थियो ।







