राक्सिराङमा नेपाली काङ्ग्रेसको अगुवा कार्यकर्ता भेटघाट

राक्सिराङ , नेपाली काङ्ग्रेस राक्सिराङ गाउँपालिका कार्यसमितिले आइतबार क्रियाशील जागरण अभियान तथा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरेको छ । राक्सिराङ(५ चैनपुरमा भएको कार्यक्रममा पालिका सभापति वीरेन्द्र जिम्बाको अध्यक्षता तथा बागमती प्रदेश समितिका सभापति एंव प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियोे ।

ADVERTISEMENT

कार्यक्रममा बोल्दै प्रदेश सभापति बानियाँले क्रियाशील सदस्यले आफू माथि आएका जनगुनासोप्रति जवाफ दिदैँ फोटो खिच्ने र भ्रमको खेती गर्ने माननीय भन्दा विकासको लहर ल्याउने माननीय बन्न चाहेको बताए । जनगुनासो आउनु स्वभाविक रहेको बताउँदै १३ जिल्ला पनि हेर्नुपर्ने भएकोले सबै क्षेत्रका कार्यक्रम पुग्न नसकेको बताए ।

मनहरी(मलेखु निस्कने बाटोले पुर्णता पाउने प्रतिवद्दता व्यक्त गर्दै काङ्ग्रेसले नै विकासको लहर ल्याउने बताए । यश क्षेत्रका नागरिकका आर्थिक र सामाजिक विकासमा अग्रसर रहेको नेपाली काङ्ग्रेसले निर्वाचित जनप्रतिनिधिले जनताको काममा सक्रिय रहनु पर्ने बताए । राणा र राजा फ्याल्न सक्ने पार्टी नेपाली काङ्ग्रेस रहेको बताउँदै सभापति बानियाँले संघीयता पछि सन्त चेपाङ माननीय बन्दै नेपालकै पहिलो राज्यमन्त्री बने, त्यो सबै काङ्ग्रेसले गरेको बताए ।

ADVERTISEMENT

काङ्ग्रेसले जनताको सेवाको लागि राजनीति गरेको हो, तर अहिले राजा, धर्मको नाममा राजनीति गरेको अवस्था छ, सभापति बानियाँले भने । धर्मको नाममा राजनीति घमिलो पार्न कसलाई नै छुट नभए उनले बताए । काङ्ग्रेसले नै खुला अर्थनीति ल्याएकाले अहिलेको यस अवस्थामा आएका छौं । राजनीति व्यापार होइन, सेवा हो । व्यापार गर्ने भए अरु व्यवसाय गर्न सभापति बानियाँले बताए ।

कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, पुर्व सभापति रघुरमण न्यौपाने, बागमती प्रदेशका पुर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, जिल्ला सचिवद्वय ईश्वर पाठक,भीमसेन महत, सहसचिव ईन्दिरा न्यौपाने, नेपाली काङ्ग्रेसका क्षेत्र २का संघीय सभापति एंव कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, क्षेत्र २(ख) सभापति एंव मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य निर्मला हिम्डुङ, प्रभात दाहाल महाधिवेशन प्रतिनिधि एंव राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सदस्य खेमबहादुर चेपाङ, रामकृष्ण प्रजा, काठमाडौं(मकवानपुर सम्पर्क समितिका अध्यक्ष तेजप्रसाद घिमिरे, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, नेपाली काङ्ग्रेस कैलाश गाउँपालिकाका सचिव तथा वडा नम्बर ८का अध्यक्ष आशिष प्रजा, लगायतको आतिथ्यता रहेको थियोे ।सोही अवसरमा विभिन्न पार्टी परित्याग गरि ५० भन्दा बढि नेपाली काङ्ग्रेस प्रवेश गरेका थिए । नवप्रवेशीलाई सभापति बानियाँले माला लगाएर स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *