बागमती मुख्यमन्त्री बानियाँले आफ्नो सेवासुविधाबाट निर्मित घर हस्तान्तरण गर्दै

हेटौंडा, बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफुले पाउने सेवा सुबिधाबाट निर्माण गरिदिएको घर मनहरी गाउँपालिका–९ ज्यामिरे निवासी मिठुमायाँ सुनारलाई हस्तान्तरण गर्दैछन् ।

ADVERTISEMENT

मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको घर हस्तान्तरणसँगै मिठुमायाँ अब आफ्नै घरमा बास बस्न लागेकी हुन् । नेपालीहरुको महान पर्व तिहारको अवसरमा कार्तिक २ गते आइतबार बिहान मिठुमायाँलाई घर हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रको राक्सीराङ्ग गाउँपालिका १ इन्द्रुङ्गका सुमनसिं चेपाङको अर्को घरसमेत द्रुतगतिमा निर्माण भईरहेको र कात्तिक महिनाभित्र सम्पन्न गरी हस्तान्तरण गरिने मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री बानियाँले यसअघि पनि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर गुमाएका पीडितलाई १ लाख रुपैयाँ व्यक्तिगत सहयोग गरेका थिए। बानियाँ नेतृत्वको पहिलो मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्रीले आफूले पाउने तलब भत्ता र आफ्नो सचिवालयलाई प्राप्त अन्य सेवासुविधा कटौती गर्दै विपन्न परिवारको घर निर्माणमा खर्चिने घोषणा गरेका थिए।
त्यसैगरी, उक्त बैठकले प्रदेशभरका आर्थिक रुपमा पछाडि परेका जेहेन्दार विद्यार्थीलाई मेडिकल शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिने निर्णयसमेत गरेको थियो ।

साथै, मन्त्रिपरिषद बैठकले यसअघिनै चेपाङ, दलित, बोटे, जिरेल, हायु, वनकरियालगायत अति विपन्न र सिमान्तकृत समुदायका लागि गाँस, बास र कपासको सुनिश्चितता गर्न उच्च प्राथमिकताका साथ नीतिगत व्यवस्था गरिने निर्णयसमेत गरेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *