प्रदेश सहकारीमा समस्या : देवकोटा

हेटौंडा, बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाले प्रदेशमा दर्ता भएका सहकारीमा समस्या र सङ्कट देखा परेको बताएका छन् ।

ADVERTISEMENT

मङ्गलबार मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघको आयोजनामा भएको सहकारी सुशासन, प्रविधि र एकीकरण विषयक अनुशिक्षण कार्यक्रममा बोल्दै देवकोटाले स्थानीय तहमा रहेका सहकारीको अवस्था सामान्य भएतापनि प्रदेशमा दर्ता भएको सहकारीको अवस्था कमजोर रहेको बताए । ‘सुधार गर्नसक्ने सहकारीलाई सुदृढीकरण गर्नुपर्छ ।’ उनले भने –‘ सहकारीबाट ऋण लिएपछि ऋण तिर्न पनि जान्नु पर्दछ । ऋण नतिर्ने सदस्यलाई प्रदेशले ऋण तिर्न परिपत्र जारी गरेको छ । स्थानीय तहले पनि भाघा नागेका शेयर सदस्यलाई ऋण तिर्न भनेर परिपत्र जारी गर्नु पर्दछ ।

ऋण नतिर्ने सदस्यलाई स्थानीय तहबाट विभिन्न सिफारिस रोक्नुका साथै सदस्यहरुलाई सहकारीले झक्झकाउनुपर्ने हुन्छ ।’ उत्पादनसँग जोडर लगानी गर्न अनुरोध गर्दै देवकोटाले सहकारीमा सुशासन र प्रविधिमैत्री बनाई सेवा प्रदान गर्न अनुरोध गरे । मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले बाह्य सहकारीको कारणले गर्दा सहकारीमा हेर्ने दृष्टिकोण फरक रहेको बताए । हेटौंडा उपमहानगरपालिका भित्र रहेका ६ वटा सहकारी संस्था समस्या उन्मुख रहेको उनले बताए । सहकारीले बचत र ऋण प्रवाह मात्र नगरी आय आर्जनतर्फ पनि जोड्न उनले आग्रह गरे । सहकारीले सामाजिक रुपान्तरणको लागि पनि जोड दिनुपर्ने अवस्था आएको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका उपाध्यक्ष मेनका दाहाल, हेटौँडा उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, संघका उपाध्यक्ष शर्मिला डंगोलले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष मीना चौरेल, राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लब तिमल्सिना, हेटौंडा शाखा प्रमुख रामेश्वर अर्याल, अडानका केन्द्रीय सदस्य प्रकाश ढकाल, जिल्ला सहकारी संघका व्यवस्थापक गोविन्द दाहाललगायतको आथ्यिता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रशिक्षक बल्लब तिमल्सिनाले सहकारी सुशासन, प्रविधि र एकीकरण विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा बहुउद्देश्यीय सहकारी संघमा आवद्ध जिल्ला विभिन्न सहकारी संस्थाका पदाधिकारी, कर्मचारी तथा विभिन्न उपसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *