रोटरी क्लब अफ हेटौँडाद्वारा शैक्षिक सामग्री वितरण

हेटौंडा, रोटरी क्लब अफ हेटौँडाले भीमफेदी–१, सनुटारस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ ।

ADVERTISEMENT

प्रत्येक बालबालिकाको आधारभूत अधिकार शिक्षा हो भन्ने मान्यताका साथ विद्यार्थीहरूलाई अध्ययनप्रति थप प्रेरित गराउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको हो । कक्षा नर्सरीदेखि कक्षा १० सम्मका ३०० विद्यार्थीहरूलाई कलम, पेन्सिल लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।

विद्यालयमा पुगी रोटरी क्लब अफ हेटौँडाका पदाधिकारीले विद्यालयका प्रधानाध्यापक मनबहादुर घलानलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक घलानले रोटरी क्लबको सहयोगले विद्यालय र विद्यार्थी दुवैमा उत्साह थपिएको बताए। स्थानीय वासु लाल श्रेष्ठको सहयोगमा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष रोटेरियन प्रमेश प्रधानले विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्न प्रेरित गर्दै शिक्षा जीवनको सबैभन्दा ठूलो सम्पत्ति रहेकोमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *