मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

हेटौडा, मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार दुर्घटना राति भएको हो। बा.प्र.०३-००५ प ७९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई झण्डै ४०/५० मिटर तल बुङ्दल खोलामा खसेको प्रहरीले जनाएको छ।

घटनास्थलमै दुबै जनाको मृत्यु भएको र उनीहरूको पहिचान खुलाउने कार्य जारी रहेको प्रहरीको भनाइ छ। आइतबार बिहान स्थानीयले मोटरसाइकल खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै प्रहरी टोली घटनास्थल पुगेको र दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरी उपरीक्षक बोहोराले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *