मनहरीबाट ५३ किलोगाँजासहित ७ जना पक्राउ

हेटौँडा, मकवानपुरको प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजासहित ७ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले गएराति चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७७०१ नम्बरको यात्रुबाहक बसलाई शंका लागी रोकी खानतलासी गर्दा लुकाइ–छिपाइ ल्याइएको ५३ किलो ५७० ग्राम गाँजा बरामद गरेको हो।

ADVERTISEMENT

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका–९ अठारे घर भई हाल चितवन राप्ती नगरपालिका–१ पिप्ले बस्ने ४८ वर्षीय होमराज अधिकारी, राक्सिराङ–९ कै ३० वर्षीय हिरालाल प्रजा, १९ वर्षीय सुकराम प्रजा, १९ वर्षीय रामशरण प्रजा, २५ वर्षीया बिन्दुमाया प्रजा, २९ वर्षीया रञ्जिता प्रजा र ३० वर्षीया सुक्रमाया प्रजा रहेका छन्।

पक्राउ परेका सबैलाई लागू औषध सम्बन्धी मुद्दामा नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *