सकियो नवप्रवर्तन र उद्यमशीलतासम्बन्धि दुइदिने अन्तर्राष्ट्रिय सम्मेलन

हेटौंडा, नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनको क्षमता विकास गराउने उद्देश्यका साथ हेटौंडामा आयोजना भएको दुइदिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

ADVERTISEMENT

हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको आयोजना तथा विभिन्न संघसंस्थाको सहआयोजना र साझेदारीमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भएको हो । सम्मेलनमा आइतबार डिजिटल युगमा बौद्धिक सम्पत्तिको अधिकार विषयमा नेदरल्याण्डका रोभ भ्यान स्टार, सरोज घिमिरे, विभुषण विष्ट र सिक्थ भट्टले सहजीकरण गरेका थिए ।

वित्तीय सेवा आवश्यकता र सम्भावनामा नवीनता विषयमा नेदरल्याण्डका इग्नेस कार्थोस, उमेश गुप्ता, डिजाइन सोच इन्क्युबेशन पेडागोजीमा उद्गम थापा, कौशल वाग्ले र सक्सी रिजाल वक्ताको रुपमा रहेका थिए । इनोभेसन र इन्क्युबेशन सेन्टरलाई प्रोत्साहन गर्ने सरकारको अपेक्षा विषयमा उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेलले मध्यस्थताको भूमिका निर्वाह गरेका थिए भने वक्तामा प्रो.डा.नेत्रविक्रम थापा, विमलप्रसाद बराल र लेखराज पोखरेल रहेका थिए । जेनेरेटिभ एआईमा क्यारियर पथमा नेदरल्याण्डका रोभ भ्यान स्टार र प्रशान्त श्रेष्ठ, उत्पादन एआई टेक्नोलोजी अवसर र चुनौतिमा रोभ भ्यान स्टार र आलोक खत्री, क्षमता मापन र बजारमा रोजगारको मूल्याङ्कनमा राजिव शर्माले सहजीकरण गरेका थिए ।

ADVERTISEMENT

दुइदिने अन्तर्राष्ट्रिय सम्मेलनबाट विज्ञका कुरा सुन्ने, अनुभव साटासाट गर्ने, व्यवसायिक सञ्जाल निर्माण गर्ने, सञ्जाल विस्तार गर्ने लगायतको विषय अवसर मिलेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । सम्मेलनमा भारत, नेदरल्याण्ड नेपालका विज्ञ वक्ताहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा नवप्रवर्तनमा क्रियाशील प्रतिनिधि उद्यमी, व्यवसायीले आफ्नो व्यावसायिक प्रस्तुती दिएका थिए । दुईदिने सम्मेलन अन्तर्गत शनिबार शैक्षिक र उद्योग सम्बन्धि विभिन्न कार्यशाला सञ्चालन भएको कार्यक्रम संयोजक दिपेश खनालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya