थाहा १ ले चुम्यो मेयर कप फुटबल प्रतियोगिताको उपाधी

हेटौँडा, थाहा नगरपालिका वडा नम्बर १ ले मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । वडा नम्बर ३ लाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । ‎वडा न १ को जितमा बिनिस अमात्य र बिबेक थोकरले १- १ गोल गरे भने वडा न ३ का रोशन तामाङले १ गोल गरे  ‎ प्रतियोगिताको उत्कृष्ट गोलकिपर वडा न १ का प्रचण्ड गोपाली घोषित हुँदा उत्कृष्ट खेलाडी वडा न ३ का अभियान रायमाझी घोषित भए।

ADVERTISEMENT

‎तएसैगरी प्रतियोगिता बेष्ट डिफेन्डर वडा न १ का नवीन श्रेष्ठ हुँदा प्रतियोगिता भर सर्वाधिक गोलकर्ता वडा न ३ का रोशन तामाङ हुन सफल रहे । ‎विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले नगद २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । ‎ प्रतियोगिताका बिजेता तथा उपबिजेता टिमलाई थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्ट र उपप्रमुख भरत गोपालीले पुरस्कार प्रदान गरेका थिए।

‎  थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टीकाराम  स्याङ्तानको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यता तथा उपप्रमुख भरत गोपालीको विशिष्ट आतिथ्यता रहेको थियो ।

‎ तेसैगरी समारोहमा ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य,वडा न ३ का अध्यक्ष हिरेन्द्र रायमाझी,४ का अध्यक्ष नारायण लामा वडा न १ का कार्यवाहक अध्यक्ष सरोज प्रधान,नेपाली काङ्ग्रेस नगर सभापति प्रमोदकृष्ण जोशी,नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान,माओबादी नगर सचीव लक्ष्मण बिष्ट,थाहा नगर शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख माधवविक्रम मल्ल लगायतका उपस्थिति रहेको थियो।

‎  
‎थाहा नगरपालिका खेलकुद बिकास समितिको आयोजना तथा  खेलकुद विकास समिती ४ नम्बर वडाको व्यवस्थापनमा वडा नम्बर ३ को इन्द्रायणी चौरमा भएको प्रतियोगितामा थाहानगरका ९ वटा टिमको सहभागिता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *